अनलाइन पत्रकार संघ गण्डकीमा नयाँ नेतृत्व चयन

0
462

 

 

पाेखरा  । अनलाइन पत्रकार संघ गण्डकीकाे शुक्रबार पाेखरामा सम्पन्न वार्षिक साधारणसभा तथा प्रथम अधिबेशनले कमल सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ।

समितिकाे उपाध्यक्षमा सरिता तिम्सिना पगेनी,सचिवमा सन्तोष वस्याल र काेषाध्यक्षमा अनिता घिमिरे चयन भएका छन्।

 

त्यसैगरी सदस्यहरुमा सुरज थापा,जैनव खातुन,अर्जुन थापा,राजु गीरी र शिव न्याैपाने चयन भए।

यस अघि कार्यक्रमकाे उद्घाटन गर्दे नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले प्राविधिक सीप र पत्रकारिताका मुल्य मान्यताहरुमा तालमेल मिलाउन नसक्दा अनलाइन पत्रकारितामा चुनाैतीहरु थपिदै गएको बताए ।अनलाइन संचार माध्यमले सरकारी निकाय तथा वजारमा पहिचान स्थापित गर्दै अघि बढ्नु पर्ने उनको भनाइ थियाे।

 

 

अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष गणेश बरालकाे अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी ,प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल ,प्रेस संगठन कास्कीका संयाेजक अर्जुन गीरी,  अनलाइन पत्रकार संघ गण्डकीका सल्लाहकार केशव पाठक,राम्जी प्रसाद लम्साल   लगायतले बाेलेका थिए।