पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका ४८ जना सङ्क्रमित थपिए

0
356

 

पाेखरा ।   पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका ४८ जना सङ्क्रमित थपिएका छन् ।

 

पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको  जानकारी दिएको  छ ।

 

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ६१ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ७१ हजार १७७ जना सङ्क्रमित निको भएका हुन् ।

हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १२ जनाको मृत्यु भएको छ ।

 

मन्त्रालयका अनुसार हाल ९२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने ५१ जना क्वारेन्टिनमा छन् ।