पाेखरा।नेपाल महिला संघ जिल्ला कार्यसमिति स्याङ्जाद्वारा अायाेजित नेतृत्व विकास तथा क्षमता अभिबृद्दि तालिम अाँधीखाेला गाउँपालिका स्याङ्जामा सम्पन्न भएको छ।
तालिमको उद्घाटन गर्दै नेपाल महिला संघ स्याङ्जाका अध्यक्ष एवं वालिङ नगरपालिकाका उपमेयर कल्पना तिवारीले समाज परिवर्तनका लागि महिलाको भुमिका अग्रस्थानमा रहेको वताईन।उनले लाेकतन्त्रवादी महिलाहरुलाई संगठित गर्दे उनिहरुकाे क्षमता अभिबृद्दिका लागि अाफु प्रतिबद्ध रहेको वताईन्।
तालिममा नेपाल महिला संघमा अाबद्द ७५ जना महिलाको सहभागीता रहेको नेपाल महिला संघ स्याङ्जाका उपाध्यक्ष देवी अर्यालले जानकारी दिईन।
तालिमलाई नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी र नेपाल महिला संघ स्याङ्जाका अध्यक्ष एवं वालिङ नगरपालिकाका उपमेयर कल्पना तिवारीले सहजिकरण गरेकाे संघका सचिव तारा मल्लले जानकारी दिईन्।
तालिमलाई नेपाल महिला संघ अाधीखाेला गाउँपालिकाले व्यवस्थापन गरेकाे थियाे।