कास्की काँग्रेसले पार्टी कार्यालय आइशोलेशन वार्ड बनाउन दिने

0
339

पोखरा । नेपाली काँग्रेस कास्कीले सरकारलाई आवश्यक परेमा पोखरा ४ स्थित चिप्लेढुङ्गा र पोखरा ३० स्थित खुदीमा रहेको पार्टी कार्यालय कोरोना संक्रमितका लागि आइशोलेशन वार्ड बनाउन दिने भएको छ ।

कोरोना महामारीले संकट निम्त्याएका बेला संक्रमतिको उपचारमा सहज पु¥याउने उद्देश्यले पार्टी कार्यालयलाई आइशोलेशन वार्ड बनाउन दिने निर्णय गरेको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

नेपाली काँग्रेस कास्कीले आइतबार कार्यसमिति र पार्टीका जिल्ला नेताहरुसँग आयोजना गरेको जुम बैठकले संक्रमितलाई अस्पतालसम्म पुग्न कठिनाइ हुने गरेको र महंगो रकम तिर्नुपर्ने अवस्था रहेकाले पार्टीले जेठ १ गतेदेखि एम्बुलेन्स संचालन गर्ने निर्णय गरेको छ ।