पाेखरा।क्षेत्रीय अस्पताल पाेखरामा अक्सिजन प्लान्ट राख्नका लागि बतास फाउन्डेसनले संचालन गरेको सहयोग जुटाउ अभियानमा सहयोग गर्नेकाे संख्या बढ्दै गएको छ।
बिहिवार सम्म अटोवेज प्रालीका नारायण पौडेल, सेल वेज प्रालीका शुसिल प्रधानाङ्ग, सुपर मादी हाइड्रो पावरका पुष्प ज्योती ढुंगाना, क्वालिट एग्रिगेट माइनिङका देबबहादुर ज्वारचन र बि रिभर माइनिङ प्रालीले २५–२५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
त्यसैगरी भक्त बतास र टीका ग्रुपका टीका पौडेलले पनि १-१ लाख रुपैयाँ सहयोग गरेका छन् । बतास फाउण्डेसनले पनि २५ लाख रुपैयाँ सहयोग गरेको छ।
क्षेत्रीय अस्पताल पाेखरामा उपलब्ध अक्सिजन प्लान्टले बिरामीकाे अावश्यकता धान्न गाह्राे भएको अनुभुती गर्दै, विरामीहरुले अक्सिजन अभावमा ज्यान गुमाउन नपराेस् भन्ने उदेश्यले ,थप अक्सिजन प्लान्ट राख्नकाे लागि, सहयोग रकम जुटाउ अभियान संचालन गरिएको, बतास फाउन्डेसनका आनन्दराज बतासले पाेखरा पाेष्टलाई जानकारी दिए।
बतासका अनुसार प्लान्ट निर्माणका लागि ३ करोड रुपैयाँ लाग्ने छ, अहिलेसम्म डेढ करोड रुपैयाँ उठिसकेको छ।
उनले अभियानमा स्वतस्फूर्त जुट्न गण्डकी प्रदेशवासीलाइ अाग्रह समेत गरेका छन्।
प्रतिघण्टा १०–१५ क्युबिक मिटर अक्सिजन उत्पादन गर्न सक्ने उक्त अक्सिजन प्लान्ट ६० देखि ९० दिनमा तयार गरिसक्ने बतासले जानकारी दिए।
दाेस्राे चरणको काेराेना फैलिएपछि गण्डकी प्रदेशमा ३१८ जनाकाे ज्यान गएको छ।