पाेखरा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोरोना प्रभावित सञ्चारकर्मीहरुको उपचार तथा सहयोगको लागि कोभिड विपद व्यवस्थापन कोष स्थापना गरेको छ ।
कोषमा महासंघ प्रदेश समितिले दुई लाख पचास हजार रुपैयाँ जम्मा गरेको प्रदेश अध्यक्ष शिव देवकोटाले वताए ।
महासंघले कोषमा सहयोग गर्न चाहने सञ्चारकर्मी, सञ्चारमाध्यम, सरकारी तथा गैह्र सरकारी निकाय, व्यवसायी तथा अन्य शुभेच्छुकहरुलाई नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको राष्ट्रिय बाणिज्य बैंक हेटौंडामा शाखामा रहेको खाता(नामः नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समिति, खाता नम्बर १३००००३६६१०१० मा रकम जम्मा गरिदिन आग्रह समेत गरेको महासचिव कृष्ण सारू मगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महासंघ कोषबाट प्रदेश अन्तरगतका जिल्ला शाखाहरूलाई संचारकर्मीहरूको कोरोना संक्रमण रोकथाम, नियन्त्रण एवं उपचारमा सहयोग गर्ने प्रदेश अध्यक्ष देवकोटाले जनाए ।