पाेखरा । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७७ जनाको मृत्यु भएको छ । ८ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ७ हजार ८९० जना कोरोना संक्रमणमुक्त भएको जनाएको छ ।
यस्तै हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख ७४ हजार ८३६ रहेको छ ।