पाेखरा।कास्कीकाे पाेखरा छाेरेपाटन स्थित मानवसेवा अाश्रमकाे अवस्था लकडाउनका कारण प्रभावित वनेकाे छ। पराेपकारी मनहुनेहरुकाे दानदातव्यवाट चलेको अाश्रममा लकडाउनपछि दाताहरुकाे उपस्थिति नहुँदा अाश्रममा खाद्यान्न र अाैषधी लगायतको अभाव हुँदै गएको छ।
दाताहरुवाट सहयाेग नजुटेपछि अाश्रम सञ्चालनमा कठिनाइ हुने मानवसेवा अाश्रम गण्डकी प्रदेशका संयाेजक हाेमनाथ तिमिल्सिनाले वताए ।
´कतिपय व्यक्तिहरु अाश्रममा सहयोग गर्न अाउन चाहेर पनि अाउन सकेका छैनन्,उनले भने -´लकडाउन लम्विदै जाने र सहयोग जुट्ने क्रम कम हुदै जादा समस्या भएको छ।` उनले १५ दिन जति पुग्ने चामल र एक हप्ता पुग्ने अाैषधी मात्रै माैज्दात रहेको बताए ।´अहिलेसम्म भाेकै बस्नु परेको त छैन,उनले भने -´अब भने सामानहरु सकिदैजाँदा चिन्ता भने थपिएको छ।`
एक हप्ता भित्रमा सेवा संचालनकाे स्राेत कहिकतैवाट नजुटे समस्या हुन सक्ने उनले वताए ।
पराेपकारी मन हुनेहरुकाे सहयोगवाट सेवा संचालन भएको अाश्रममा जन्म दिन,संघ संस्थाकाे वार्षिकोत्सब ,बैबाहिक वर्षगाँठ लगायतका अवसरमा सहयाेग गर्न जाने व्यक्तिहरुकाे घुईचाे नै लाग्ने गर्थ्याे ।तर काेराेना कहरका कारण गरिएकाे लकडाउनका कारण अहिले अाश्रममा दाताहरु पुग्न सकेका छैनन्। उनले दाेश्राे लहरकाे काेराेनाका कारणले भएको लकडाउन पछि राज्यका कुनै पनि निकायवाट साेधीखाेजी नभएको वताए ।
विगत ४ बर्षदेखि पाेखराकाे छाेरेपाटनमा सञ्चालनमा रहेको अाश्रममा वेसाहारा वस्दै अाएका छन्।उनिहरु मध्ये अधिकाँश विभिन्न कारणले सडकमा कष्टकर जीवन विताउन वाध्य भएका वेसहारा एवम् मनाेराेगीहरु वेसाहारा वनेपछि अाश्रमकाे शरणमा पुगेका छन।
अाश्रममा हाल १ सय ५५ जना रहेका छन् जसलाई लक्ष्मी र नारायणकाे संज्ञा दिएर हेरविचार गरिदै अाएकाे तिमिल्सिनाले वताए ।
अाश्रममा हेरविचार र उपचार पछि पारिवारिक पुनर्मिलन पनि गराउदै अाएकाे उनले वताए ।