कांग्रेस सहमहामन्त्री महतद्वारा कोरोनाका बिरामीको उपचारका लागि बेड सहयोग

0
422

पाेखरा। नेपाली काँग्रेसका सह महामन्त्री नेता डा. प्रकाश शरण महत तथा नेपाली कांग्रेस महासमिती सदस्य बिना महतले कोरोनाविरुद्धको लडाँईमा सहयोग गरेका छन् ।

कोभिड १९ अनुगमन समितिका संयोजक समेत रहेका डा.  महतले नुवाकोटको खरानीटार अस्पताललाई ६ थान अस्पताल बेड हस्तान्तरण गरेका हुन  । बुधबार डा. महतले तादी गाउँपालिकाका अध्यक्ष एवं खरानीटार अस्पतालका अध्यक्ष नारायण पाण्डेमार्फत अस्पताल बेड हस्तान्तरण गरे।

नेपाली कांग्रेस पार्टीले क्षमताले भ्याएसम्म महामारीमा परेका जनतालाई सहयोग रिरहेको डा. महतले बताए ।

कोभिड महामारीमा निकै सक्रियता देखाउदै आएका डा. महतले यस अघि महेन्द्रनारायण निधि अस्पताललाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।