पाेखरा।राष्ट्रिय विपद जाेखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन सुरु हुनु अघि नै धेरै पानी परी बाढि पहिराेकाे जाेखिम बढेकाले अावश्यक सतर्कता अपनाउन अनुराेध गरेको छ।जेठ १३ देखि १५ गतेसम्म देशका धेरैजसाे भागमा पानी पर्ने सम्भावना देखिएको प्राधिकरणले जनाएको छ।
पश्चिमी बंगालकाे खाडीमा विकसित भएको जलवायूको प्रभाव र शक्तिशाली चक्रवात यास् समुन्द्रवाट जमिन तर्फ प्रबेश गरिसकेको र उक्त चक्रवात उत्तर-उत्तरपश्चिम सर्ने क्रममा रहेकोले त्यसले केही दिन नेपालकाे माैसममा असर पर्ने हुदा अावश्यक सतर्कता अपनाउन अनुरोध गरेको प्राधिकरणका प्रवक्ता लीलाधर अधिकारीद्वारा जारी प्रेस नाेटमा जनाईएकाे छ।
जेठ १३,१४ र १५ गते प्रदेश १,प्रदेश २,वाग्मती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाकाे सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ।

