कोभिड विरुद्धको खोप खरिद गर्न पोखरा महानगरपालिकालाई पोखरा- ४ का अध्यक्ष बास्तोलाले पठाए  ध्यानाकर्षण पत्र 

0
311

 

पोखरा । पोखरा महानगरपालिका वडा नम्वर ४ ले आगामी आर्थिक वर्ष ०७८/७९ को सम्पूर्ण बजेट कोभिड -१९ नियन्त्रणमा खर्च गर्न पोखरा महानगरपालिकालाई   ध्यानाकर्षण गराएको छ ।पोखरा- ४ का अध्यक्ष  शंकरप्रसाद बास्तोलाले वडाबासीको जिवन रक्षाका लागि आगामी वर्षको बजेट कोभिड विरुद्धको खोप खरिद गर्न पोखरा महानगरपालिकालाई ध्यानाकर्षण पत्र पठाएका हुन।

गत जेठ ९ गते बजेटको सिलिङ भइसकेको अवस्थामा जेठ १३ गतेको वडा समितिको बैठक अनुसार महानगरलाई ध्यानाकर्षण गराइएको बास्तोलाले जानकारी दिए ।

वडा समितिको बैठकले वडामा सञ्चालन गरिने कार्यक्रम तथा आयोजनाहरु आगामी आर्थिक वर्षहरुमा गर्ने तर कोभिड १९ महामारी समयमा कोभिड केन्द्रित हुने निर्णय गरेको थियो ।

सोही बैठकको निर्णय अनुसार कोरोना नियन्त्रणका लागि आगामी वर्षको बजेट कोभिड विरुद्धको खोप व्यवस्थापनमा खर्च गर्ने गरि व्यवस्थापन गर्न महानगरलाई ध्यानाकर्षण गरिएको बास्तोलाले बताए ।