अब सरकारले पत्रकारलाई निशुल्क उपचार सेवा दिने

0
524

पाेखरा।  सरकारले पत्रकारलाई निशुल्क उपचार सेवा दिने भएको छ । नेपाल पत्रकार महासंघको सदस्य भएका पत्रकारलाई प्रेस काउन्सिलले उपलब्ध गराउने उपचार सुविधा कार्डको आधारमा देशभरका सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरिएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै पत्रकारलाई आगामी साउनदेखि निशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए ।

सरकारले पत्रकारलाई ७ लाख रुपैयाँको दूर्घटना बिमाको व्यवस्था गरी बिमांक रकमको ५० प्रतिशत रकम सरकारले बेहोर्ने पनि अर्थमन्त्री पौडेलले बताए ।
कोरोना महामारीबाट प्रभावित रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति र सञ्चारगृहलाई पुनकर्जा तथा व्यावसायिक निरन्तरता कर्जा दिइने अर्थमन्त्री पौडेलले बताए ।  ।