नेपाल विद्यार्थी संघ क्षेत्रिय कार्यसमिति क्षेत्र नं. १ स्याङ्जा द्वारा अमोर सेवा नेपाललाई सहयोग

0
282

 

 

स्याङजा।   स्याङजा फेदीखोला गाउँपालिका–१, मा रहेको अमोर सेवा नेपाललाई नेपाल विद्यार्थी संघ क्षेत्रिय कार्यसमिति क्षेत्र नं. १ स्याङ्जाले राइसकुकर, पानी तताउने डिस्पेन्सर स्टिर र स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

आश्रममा अत्यावश्यक भाडाकुडा आवश्यक रहेको जानकारी पाएलगतै नेविसंघ स्याङ्जा क्षेत्रिय कार्यसमिति क्षेत्र नं. १ स्याङ्जाले सहयोग गरेको हो । सहयोग हस्तान्तरण गर्दै नेविसंघ स्याङ्जाका सभापति अजित क्षेत्रीले नेविसंघ स्याङ्जा आफ्नो राजनैतिक दायित्व संगै सामाजिक दायित्व प्रति पनि जिम्मेवार रहेको बताए । उनले आश्रमका बालबालिकाको भविष्यप्रति सचेत र जिम्मेवार भएको भन्दै आवश्यक पर्दा आफ्नो व्यक्तिगत र सङ्गठनले सबैखाले सहयोग गर्ने अठोट समेत गरे ।

नेविसंघ क्षेत्र नं. १ का क्षेत्रिय सभापति विज्ञान भण्डारीले बालबालिकाको उद्धार गरि भविष्य उज्यालो बनाएको भन्दै सञ्चालकलाई धन्यवाद व्यक्त गरे । सहयोग सामाग्री ग्रहण गदै अमोर अनाथ गृहकी अध्यक्ष कमला पराजुलीले आश्रमको मुख्य स्रोत मुठिदान रहेको र नेविसंघ स्याङ्जाको क्षेत्रिय कार्यसमिति क्षेत्र नं. १ ले अत्यावश्यक भाडाकुडा सहयोग गरि सह्रायिन कार्य गरेको भन्दै धन्यवाद व्यक्त गरिन ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेविसंघ जिल्ला सभापति अजित क्षेत्री, नेपाली काँग्रेस फेदिखोला गाँउपालिका सभापति महेन्द्र थापा, नेविसंघ क्षेत्र नं. १ का क्षेत्रिय सभापति विज्ञान भण्डारी, क्षेत्रिय उपसभापति सौजन गुरुङ, क्षेत्रिय सचिव अमृत कस्तरी, नेविसंघ त्रिआ बहुमुखी क्याम्पस सभापति तथा स्वियु उपसभापति गौरव प्रधान, नेविसंघ नगरसभापति सविन रेग्मी, ,नेविसंघ फेदिखोला पालिका सभापति महेश बाबु खडका को उपस्थिती रहेको थियो ।

अमोर सेवा नेपालमा हाल ६ जिल्लाका २६ जना बालबालिका रहेका छन् ।