गण्डकीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान, गण्डकीका विपक्षी दाबी गर्न जाँदै

0
507

 

पाेखरा।गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् ।

प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी हुन् ।

 

प्रदेश प्रमुख  पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार सरकारको दाबी गर्न आह्वान गर्ने वित्तिकै विपक्षी गठबन्धन सरकारको दाबी गर्न जाने तयारीमा लागेका छन् ।

बैशाख २९ गते संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले बिहीबार सदनमा विश्वासको मत मागेका थिए ।६० सदस्यीय प्रदेश सभामा जम्मा २७ मत पाएका उनी स्वत पदमुक्त भए ।

विपक्षी गठबन्धनबाट प्रस्तावित मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आजै सरकारको दाबी गर्ने बताए।

‘५ बजेभित्र आजै जाने गरी तयारी गरिरहेका छौं । सबै जना सभागृहमा भेला भएर बहुमत पुर्याएर दाबी गर्न जान्छौं,’ नेपालीले भने ।

संसद सचिवायले शुक्रबार उक्त जानकारी प्रदेश प्रमुखलाई दिए लगत्तै प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनको प्रक्रिया सुरू गरेकी हुन् ।