पाेखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पाेखरेल सरकारले अागामी अार्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्व ३ कराेड ९४ लाख २७ हजार रुपैयाँको वजेट ल्याएको छ।
मंगलबार मुख्य मन्त्री पाेखरेलले प्रदेशसभामा अाफैले वजेट प्रस्तुत गर्दै कोभिड संकटसंग जुध्नका लागि गण्डकी विश्वविद्यालयमार्फत पाँच सय शैय्याको अस्पताल बनाउने घोषणा गरेका छन् । अस्पतालमा साढे तीन सय शैय्याको जनरल र ५० शैय्याको मृटु तथा ५० शैय्याको मृगौलासम्बन्धी वार्ड रहनेछ ।
यसैगरी प्रदेशका दमौली र नवलपुरका अस्पतालसहितका अस्पताललाई ट्रमा सेन्टरका रुपमा अघि बढाउने योजना बनाइएको छ । यसका लागि बजेट विनियोजन गरिएको मुख्यमन्त्री नेपालीले बताए ।
यस अघि नै पहिलो मन्त्रिपरिषद बैठकबाट घोषणा गरिएको महिलाको स्तन, पाठेघर लगायतको क्यान्सर शल्यक्रिया निःशुल्क गर्नका लागि बजेटमा आवश्यक व्यवस्था गरिएको छ ।
बजेटले क्षेत्रीय रणनैतिक महत्वका सडकको स्तरोन्नति तथा विकासका कार्यमा जोड समेत दिएको छ ।