तरुण नेता धन घलेको पहलमा तरुण दल लमजुङद्वारा दोर्दीमा राहत बितरण

0
384

पाेखरा। नेपाल तरुण दल लमजुङले जिल्ला सदस्य धन घलेको विशेष पहलमा लमजुङको दोर्दी गाउँपालिका वडा नं ८ मा करिब ४० घर-परिवारलाई राहत बितरण गरेको छ। राहतमा चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न बस्तुहरु थिए भने मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री रहेको धन घलेले बताएका छन।

कार्यक्रममा बोल्दै नेपाल तरुण दल लमजुङका अध्यक्ष ललित कुमार गुरुङले तरुण दल जनताको हरेक सु:ख-दु:खमा साथ दिने संगठन रहेको बताउँदै आफुहरु दोर्दी ८ मा रहेका बिपन्न बर्गका परिवारलाई राहत बितरण गर्न आएको बताएका थिए।

राहत बितरण कार्यक्रम नेपाल तरुण दल लमजुङका अध्यक्ष ललित कुमार गुरुङको नेतृत्वमा गरिएको थियो भने कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य बिष्णु धिताल, तरुण दलका पुर्ब केन्द्रीय सदस्य स्थिर बहादुर ख्याति, दोर्दी ८ का वडाध्यक्ष तुल बहादुर गुरुङ, गाउँपालिका प्रतिनिधि बिच्च बहादुर घले, नेपाली कांग्रेसका जिल्ला सदस्य प्रेम घिमिरे , दोर्दी ८ का नेपाली कांग्रेसका सभापति पितम घले तरुण दल उपाध्यक्ष भुपेश गुरुङ, जिल्ला सदस्य धन घले लगायतको उपस्थिति रहेको थियो।