पोखरा ।कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्, नेपालले कास्कीका विभिन्न चार वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्रीहरू सहयोग गरेको छ ।
पोखराको पश्चिमान्चल क्षेत्रिय अस्पताल (गण्डकी), मातृशिशु मितेरी अस्पताल बाटुलेचौर, लेखनाथ कोभिड विशेष अस्पताल र मादि ४ तारकाङ मा रहेको आधारभुत स्वास्थ केन्द्रलाई करिब पन्ध्र लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य संस्थाहरूलाई प्यासेण्ट सिफ्टिङ् ट्रली, व्हिल चेयर, सक्सन मेसिन, पल्स अक्सिमिटर, अक्सिजन ट्रली, रेडियाण्ट बेबी वार्मर, बेड साइड लकर, मायो टेबल, बायो केमेस्ट्रि एनलाइजर लगायतका सामाग्री एवं उपकरणहरू सहयोग गरिएको हो ।
यस अघि पहिलो चरणमा कास्की आदर्श समाज दक्षिण कोरियाको पहलमा कास्कीका चार गाउँपालिका र पोखरा २१ का लागि स्वास्थ्य सुरक्षा सामाग्रीहरू सहयोग गरिएको थियो ।
तेसैगरि दोश्रो चरणमा कास्की पोखरा समाजको पहलमा पश्चिमान्चल क्षेत्रिय अस्पतालमा १५, लेखनाथ कोभिड विशेष अस्पतालमा १५ र लेखनाथ संक्रामक उपचार केन्द्रमा २० गरि कुल ५० अक्सिजन सिलिण्डर सहयोग गरिएको थियो ।
शुक्रबार विशेष समारोह बिच आयोजित हस्तान्तरण कार्यक्रम छुट्टाछुट्टै रूपमा संचालन गरियको थियो ।