मर्स्याङ्दीको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा क्षति

0
218

 

पाेखरा  ।  अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने मर्स्याङ्दी नदीस्थित पुलमा क्षति पुगेको छ।


गोरखा नगरपालिका वडा नम्बर १२ र तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ एक्लेफाँट जोड्ने झोलुंगे पुलको एकातर्फ क्षति पुगेको छ।

गोरखा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष रामबहादुर खड्काले पुलको एकातर्फको जिप बगाएको बताए।

पुलको एक्ले फाँटतर्फको जिप भासिएको छ। पुलमा क्षति पुगेसँगै अहिले सो क्षेत्रमा आउजाउ गर्न बन्द गरिएको छ।