पोखरा ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ ।
मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।
१ जना तटस्थ रहे । २७२ सांसद रहेको प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३६ मत चाहिन्छ । देउवालाई कांग्रेसका ६१, माओवादीका ४८, जसपाका ३२, एमालेका २४ र जनमोर्चाकी १ सांसदले मत दिएका हुन् ।
केपी शर्मा ओली पक्षका ८ जना सांसदले पनि माधव नेपालसँगै फ्लोर क्रस गरेका छन् । केपी ओली सरकारमा वन मन्त्री भएका प्रेम आले, तनहुँका कृष्णकुमार श्रेष्ठले देउवालाई विश्वासको मत दिएका छन् ।
हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विना थापामगर, धनबहादुर बुढा, समिमा हुसेनले प्रधानमन्त्रीलाई मत दिएका हुन् । यी सबै यसअघि ओली पक्षमा थिए ।
विश्वासको मत पाएसँगै प्रधानमन्त्री देउवाले अव बाँकी अवधीको पूरै कार्यकाल चलाउन पाउने भएका छन् ।