ज्ञानमार्ग स्वतन्त्र महिला समुहको २२ औ बार्षिकाेत्सवमा सम्मान तथा पुरस्कार वितरण 

0
229

 

पाेखरा।पाेखरा -३ मा रहेको ज्ञानमार्ग स्वतन्त्र महिला समुहले २२ औ बार्षिकाेत्सव  शनिबार पाेखरामा सम्मान तथा पुरस्कार वितरण  गरि   मनाएको छ।

बार्षिकाेत्सवका अवसरमा समुहले पाेखरा -३ का नवनिर्वाचित जनप्रतिनिधि वडाअध्यक्ष प्रकाशमान उदास,वडा सदस्यहरु शान्ति देवी पराजुली ,नवीन आलेमगर,सनकमान सिके र सावि परियारलाई  सम्मान गरेको छ।

त्यसैगरी नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्य प्रजापति पराजुलीलाई पनि सम्मान गरिएको थियाे।

कार्यक्रममा  समुहमा आबद्ध सदस्यका एस. ई .ई उतिर्ण छात्राहरु दिया थापा,सलिना श्रेष्ठ ,सनिसा जलारी र ईशिका जलारीलाई पनि सम्मान गरिएको थियाे।

कार्यक्रममा  समुहका सक्रिय सदस्य रामशाेभा नेपालीलाई सम्मान गरिएको थियाे।

त्यसैगरी  जेष्ठ नागरिक दिलमाया जलारी साथै  समुहका पुर्व अध्यक्ष एकल महिला लक्ष्मी कायस्थ र मखमली कायस्थलाई समेत सम्मान गरिएकाे समुहका अध्यक्ष लक्ष्मी ताम्राकारले जानकारी दिनुभयो ।

कार्यक्रमकाे उद्घाटन गर्दै समुहका जेष्ठ सदस्य मखमली कायस्थले महिलाले गरेका राम्रा कामलाई सवैले साथ र सहयोग गर्नुपर्ने वताउनु भयाे।उहाँको अहिले र उहिलेकाे जमानामा धेरै परिवर्तन आएको उल्लेख गर्दै समय अनुसार महिलाले पनि क्षमता अभिबृद्दिमा ध्यान दिन सुझाव दिनुभयो ।

पाेखरा -३ का वडाअध्यक्ष प्रकाशमान उदासले महिला शसक्तिकरणका सवालमा वडा कार्यलय सधैं सकरात्मक रहने वताउनुभयाे।

नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्य प्रजापति पराजुलीले धर्म,संस्कृतिकाे संरक्षण र सम्वर्दनका सवालमा सवै सराेकारवाला एकजुट हुनुपर्ने वताउनु भयाे।लाेकसंस्कृतिकाे जगेर्नामा आफू सधैं प्रतिवद्द रहेको उहाँको भनाइ थियाे।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले सामाजिक रुपान्तरणका लागि महिला समुहहरुकाे महत्त्वपूर्ण भुमिका रहने वताउनुभयाे।

ज्ञानमार्ग स्वतन्त्र महिला समुहका अध्यक्ष लक्ष्मी ताम्राकारकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाेखरा -३ का वडा सचिव चन्द्रावति वाग्ले,समाजसेवी सुरेन्द्र परियार ,उमेश सिके,समुहका पुर्व अध्यक्ष सविता तामाङ लगायतले वाेल्नु भएको थियाे।

कार्यक्रममा ज्ञानमार्ग स्वतन्त्र महिला समुहका  सचिव रेखा दासले समुहको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे भने काेषाध्यक्ष सविना श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे।

 

कार्यक्रममा स्वागत मन्तव्य ज्ञानमार्ग स्वतन्त्र महिला  समुहका उपाध्यक्ष तारा वास्ताेलाले गर्नुभएको थियाे भने कार्यक्रमकाे संचालन सचिव रेखादासले गर्नुभएको थियाे।

२०५८ सालमा पाेखरा -३ मा स्थापना भएको समुहले विभिन्न सामाजिक कार्यहरु गर्दै आएकाे छ।