पाेखरामा चट्याङ लागेर एकजनाकाे मृत्यु

0
110

पाेखरा।पाेखरामा चट्याङ लागेर एकजनाकाे मृत्यु भएको छ।मृत्यु हुने पाेखरा -२३ हर्पन निवासी देब बहादुर बिक रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ।
गएराति आफ्नै एक तले कच्ची घरकाे ढाेका लगाउने क्रममा अचानक चट्याङ लागि बेहेस भएका बिककाे मेट्राे सिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ।
४९ बर्षीय बिकलाई अस्थायी प्रहरी पाेष्ट बाम्दीबाट खटिएको प्रहरी टाेलीले उपचारका लागि मेट्राेसिटि अस्पताल पठाएकोमा चेक जाँच गर्ने क्रममा आइतबार विहान २:२० बजे मृत घाेषणा गरेको प्रहरीले जनाएको छ।
उनको शब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको बताईएकाे छ।