राष्ट्रपति भण्डारी र कतारका अमिर बीच भेट हुँदै

0
889
/fi6«klt e08f/L stf/ k|:yfg stf/sf cld/ z]v xdfb aLg vflnbf cn yfgLsf] d}qLk"0f{ lgdGq0ffdf rf/ lbj;Lo cf}krfl/s e|d0fsf nflu ;f]daf/ To;tkm{ k|:yfg ug{'cl3 cGt/f{li6«o ljdfg:yndf /fi6«klt ljBfb]jL e08f/L . t:jL/ M k|bLk/fh jGt, /f;;

 

  कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच भेटवार्ता हुँदैछ । स्थानीय समयअनुसार मध्यान्ह १२ बजे भेटवार्ताको समय तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उक्त अवसरमा दुई देशका बीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने लगायत विषयमा छलफल हुने बताइएको छ। अमिर अल थानीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना गर्दै हुनुहुन्छ ।
मित्र राष्ट्र कतारका अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी हिजोदेखि कतार भ्रमणमा हुनुहुन्छ ।