पोखरा । पोखरा -१ बगरमा अवस्थित आस्था बचत तथा ऋण सहकारी सस्था लिमिटेडद्वारा पोखरा आदर्श सेकेन्डरी स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई सहकारी शिक्षासम्बन्धी कार्यक्रम मंगलबार सम्पन्न गरियो ।
आस्था साकोसका अध्यक्ष कृष्ण प्रसाद आचार्यको सभाध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षणमूलक कार्यक्रममा व्यवस्थापन संकाय अन्तर्गत कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई सहकारी शिक्षा दिइएको थियो ।
प्रमुख अतिथि माउन्ट भ्याली कलेजका क्याम्पस प्रमुख नारायण न्यौपानेले विद्यार्थीहरुलाई पाठ्यपुस्तकमा पनि सहकारीसम्बन्धी विषयवस्तु राखिएकाले यस्तो कार्यक्रम थप प्रभावकारी भएको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका सहकारी विज्ञ एवम् आस्था साकोसका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद आचार्यले सहजीकरण गरेका थिए ।
आचार्यले वर्तमान समयमा सहकारीको भूमिका र यसको आवश्यकताका बारेमा स्पष्ट पारेका थिए ।
औपचारिक कार्यक्रमको संचालन आस्था साकोसका सचिव एवम् सोही विद्यालयका सह -प्राचार्य ज्ञानेश्वर सुवेदीले गरेका थिए ।
कार्यक्रममा ८० जना भन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो।