फेवातालमा बेपत्ता   सुक बहादुर मृत अबस्थामा भेटीए 

0
41

 

 

 

पाेखरा । फेवातालमा बेपत्ता   सुक बहादुर मगर बुधबार  मृत अबस्थामा  भेटिएका छन। उनकाे  शव सशस्त्र प्रहरीद्धारा उद्धार  गरिएकाे हाे ।  हर्पन खोलामा माछा मार्न गएका उनलाइ  अचानक खोला बढी आएर बगाई बेपत्ता बनाएको खवर प्राप्त हुनासाथ परिचालन भएको सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीको फेवातालमा तैनाथ एपिएफ रेस्क्यू वाच टावरको विशेष विपद् उद्धार एवं गोताखोर टोलीले शव उद्धार गरेको कालिका गण कास्कीका गणपति एसपि अरुण कुमार शर्माले जानकारी दिए ।

 

जिल्ला बाग्लुङ्ग स्थायी घर भई हाल पोखरा-१८ खपौदी बस्ने अन्दाजी ३१ वर्षका सुक बहादुर मगर दिउसो साथी संग माछा मार्न हर्पन खोलामा गएका थिय । उनि बेपत्ता भएको खवर सशस्त्र प्रहरीलाई साँझ करिव ५ बजे प्राप्त भएको थियो र उनको शव साँझ ५ बजेर २० मिनेट जाँदा उद्धार गरिएको साथै नीजको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको समेत एसपि शर्माले जानकारी दिए ।