कास्कीमा पहिरो गई घर पुरिँदा ११ जनाको ज्यान गयाे
२९ असार २०८१, शुक्रबार
कास्की । अविरल बर्षाका कारण गएराति कास्कीमा पहिरो गई घर पुरिँदा ११ जनाको ज्यान गएकाे छ । पोखरा महानगरपालिका वडा नं.१९ तल्लाकोट टारी बस्ने कुल बहादुर परियारको टिनले छाएको ढुङ्गा माटोले बनेको १ तले घरमा अबिरल बर्षातको कारण घर पछाडीबाट पहिरो आई पुरिदा पोखरा १९ तल्लाकोट टारी बस्ने वर्ष ४६ को कुल बहादुर परियार , निजको श्रीमती बर्ष ४३ की मनकुमारी परियार , आमा वर्ष ८५ की लक्ष्मी परियार ,छोरी बर्ष १५ की प्रशना परियारकाे निधन भएकाे छ । त्यसैगरी चितवन घर भएको निजको छोरी वर्ष २० की प्रभा परियार ( बिबाहित- माईति आएको) निजको ज्वाई वर्ष २५ को अस्मित परियार (ससुराली आएको) काे ज्यान गएकाे छ। पोखरा १९ तल्लाकोट टारी बस्ने वर्ष ५६ की राधिका परियारकाे पनि घटनास्थलमा उद्धार गर्ने क्रममा लडी मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।
त्यसैगरी पाेखरा महानगरपालिका वडा नं. ३२ चैनपुर स्थित बाह्रबिसेमा बर्ष ४० की आरती ओझाको ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले कच्ची घरमा अबिरल बर्षाको कारण अचानक पछाडीबाट पहिरो आई घर पुरिदा आरती ओझाको छाेरीहरू वर्ष ११ की अनुष्का ओझा र बर्ष अं. १८ की अनिता ओझाकाे निधन भएकाे छ । निजको दाईको छोरा अं. बर्ष ९ को प्रतिक सुवेदी पनि मृत अवस्थामा फेला परेकाे प्रहरिले जनाएकाे छ । घटनामा परी घाईते आरती ओझाको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेकाे छ ।
त्यस्तै , कास्कीकाे मादी गाउँपालिका वडा नं. ११ तल्लो ताप्लेमा बस्ने बर्ष ८० की माईती कुमारी गुरुङको ढुङ्गा माटोले बनेको जस्ताले छाएको १ तले कच्ची घर अबिरल बर्षाको कारण घर माथीबाट पहिरो आई घर पुरिदा उनी मृत अवस्थामा फेला परेको कास्की प्रहरीले जानकारी दिएकाे छ। निजको छोरा अं. बर्ष ५५ को ओम ब. गुरुङलाई भने प्रहरी र स्थानियको सहयोगमा सकुशल उद्दार गरिएकाे छ ।
Leave a Reply
You must be logged in to post a comment.