पाेखरा । पोखरा तेर्सापट्टीको पश्चिमाञ्चल कपास उद्योगमा आगोलागी भएकाे छ । पोखरा ३ तेर्सापट्टी बस्ने अन्नत कतिलाले ब्लकको गारो टिनको छानो भएको ३ कोठा भएको १ तले कच्ची घरमा संचालन गरेको पश्चिमाञ्चल कपास उद्योगमा बिहिबार बिहान साढे एघार बजेकाे समयमा अचानक बिद्युत सर्ट भई आगोलागी भएको सशस्त्र प्रहरी बल कालिका गण कास्कीका गणपति एसपी अरुण शर्माले पाेखरा पाेष्टलाइ जानकारी दिए।
अहिले आगो नियन्त्रणमा लिएको र मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एसपी माेहन कुमार थापाले जानकारी दिए।
आगोलागी भएको सुचना पाँउदा साथ तत्कालै ससस्त्र प्रहरी बल नं. २४ कालिका गण मालेपाटन कास्कीकाे विशेष बिपद ब्यबस्थापन टोलि, जिल्ला प्रहरी कार्यलय कास्कीबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीको कमाण्डमा २५ जना र वडा प्रहरी कार्यलय बगरबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको कमाण्डमा १७ जनाको टोली सहित पाेखरा महानगरको २ वटा दमकल, ३ वटा ट्याङ्कर, कृष्णदल गण फुलबारी ब्यारेकबाट मेजर भुपेन्द्र रानाभाटको कमाण्डमा २५ जना र महानगर प्रहरी समेतकाे टाेलीले आगो नियन्त्रणमा लिएको थियाे ।
क्षतिको पुरा विवरण भने आउन बाकी छ ।