काठमाडौँबाट  पोखरा आउँदै  गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२  जना घाइते

0
15

पाेखरा  ।  काठमाडौँबाट  पोखरा आउँदै  गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना   भएकाे  छ । छहरे-टोखा सडक खण्ड अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका-७ मा आज  ग १ ख ४५३५ नंं.माइक्रोबस  दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए।

अपराह्न एक बजे अदुवारीमोडमा  बस अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५० मिटर तल पुगेको घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए।

उनका अनुसार उक्त गाडीमा १८ जना सवारमध्ये गम्भीर दुईसहित १२ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

प्रहरीका अनुसार  धादिङको विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा आउँने क्रममा माइक्रोबस नुवाकोटमा दुर्घटनामा परेको हो ।