हावाहुरीका कारण फेवातालको बीच भागमा अलपत्र परेका दुई जनाको सशस्त्र प्रहरी बलद्धारा उद्धार

0
4

पाेखरा  । हावाहुरीका कारण फेवातालको बीच भागमा अलपत्र परेका दुई जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बल नं २४ कालिका गणबाट फेवाताल रेस्क्यु टावरमा खटिएको टोलीले तालको बीच भागमा काठको डुंगामा अड्किएका रुपन्देहीको देवदह नगरपालिका-११ का २२ वर्षीय मनिष विश्वकर्मा र रुपन्देहीको देवीनगर नगरपालिका-११ का २२ वर्षीया प्रीति सुनारको उद्धार गरेको हो ।

काठको डुंगा भाडामा लिइ फेवातालमा सवार दुवै जनाको तालको बीच भागबाट उद्धार गरिएको कालिका गणका गणपति प्रहरी उपरीक्षक अरुणकुमार शर्माले जानकारी दिए ।

फेवाताल रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी बलको विशेष विपद् व्यवस्थापन टोलीले घटनाबारे जानकारी प्राप्त गर्नासाथ उनीहरूको उद्धार गरेको थियो ।