पोखरा सडक महोत्सवमा विभिन्न प्रतियाेगिता सम्पन्न 

0
18

पोखरा  ।  रेवान पोखराको आयोजनामा शनिबारदेखि शुरु भएको  २६ औँ पोखरा सडक महोत्सवको दोस्रो दिन विभिन्न मनोरञ्जनात्मक खेल प्रतियोगिता र सडक संवाद कार्यक्रम भएका छन ।
आइतबार भएको वेटर रेस तर्फ व्यन्जन रेष्टुरेण्टका सुबास सिर्पाली प्रथम, आइरिस पवका विनोद श्रेष्ठ दोस्रो र चिल्ली बारका अविश्यक सेन तेसो भए भने वेट्रेस रेस तर्फ व्यन्जन रेष्टुरेण्टका सिमा मल्ल प्रथम , मोनिका नेपाली दोस्रो र प्याराडिस्कोका पुजा रसाइली तेस्रो भइन । वेटर वेट्रेस तर्फका प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश नगद रु ५ हजार , ३ हजार , २ हजार सहित प्रमाण पत्र प्राप्त गरे । विजेतालाई रेवानका अध्यक्ष विश्वराज पौडेल र होटल एशोसिएसन गण्डकीका अध्यक्ष लक्ष्मण सुवेदीले पुरस्कार प्रदान गरे । खहरेस्थित चिल्लीबार रेष्टुरेण्ट अगाडीबाट शुरु भएको दौडमा सहभागिहरुले ट्रे मा पानीको बोत्तल र ग्लासमा पेय पदार्थ लिएर दौडिएका थिए ।
मःम खाने प्रतियोगितामा पुरुष तर्फ सम्राट सुवेदी प्रथम र धन बहादुर वुढाथोकी दोस्रो भए भने महिला तर्फ सरला अधिकारी प्रथम र भिमा क्षेत्री दोस्रो भए ।
त्यस्तै सडक महोत्सव मै पहिलो पटक सेफ प्रतियोगिता आयोजना गरिएको खेलकुद संयोजक सुमन भट्टराईले जानकारी दिए । सेफ प्रतियोगिता तर्फ ३६० स्काइ लजका राजु नेपाली प्रथम , चिल्ली बारका जितु मगर द्वितिय र मेड५ रेष्टुरेण्टका शंकर मगर तृतीय भएका छन् ।
यस्तै जारी महोत्सवमा पोखरा भ्रमण वर्ष २०२५ चुनौती र अवसर शिर्षकमा सडक संवाद कार्यक्रम सम्पन्न भएको छ । जस्को मुख्य वक्ताको रुपमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य , वक्ताका रुपमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपक राज जोशी, पाटा नेपाल च्यप्टर अध्यक्ष खेम लकै , पोखरा पर्यटन परिषदका संस्थापक अध्यक्ष अशोक पालिखे र पर्यटन उद्यमी शिव ढकाल रहेका थिए । अम्मटमा भोलि पनि पर्यटन प्रवद्वनका लागि खाना, संस्कृति र साहसिक खेल शिर्षकमा सडक संवाद कार्यक्रम हुने सडक संवाद कार्यक्रम संयोजक बसन्त गौतमले जानकारी दिनु भयो ।
रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखराले बर्सेनि फेवाताल किनारमा पोखरा सडक महोत्सव आयोजना गरेर आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउँदै आएको छ । अंग्रेजी नयाँ वर्ष–२०२५ स्वागतार्थ २६ औं पोखरा सडक महोत्सव पुष २७ गते सम्म चल्नेछ ।