नेपाल कानून व्यवसायी परिषद् गण्डकीमा दयाराम गाैतम

0
6

पोखरा । नेपाल कानुन व्यवसायी परिषद् पार्षदका लागि शनिबार भएको निर्वाचनमा  गण्डकीमा   प्रजातान्त्रिक कानुन व्यवसायी (डिएलए) का उम्मेदवार  दयाराम गाैतम विजयी भएका छन् ।

गौतम पिपिएलएका उम्मेदवार नारायणप्रसाद शर्मासँग ७८ मतान्तरले विजयी भएका हुन । गौतमले ३ सय १२ मत ल्याँदा शर्माले २ सय ३४ मत पाए । गण्डकीमा मनाङ र मुस्ताङ बाहेक ६ सय ५ मतदाता थिए । गौतम उच्च अदालत बार एसोसिएसनका पूर्व अध्यक्ष हुन् ।

 

नेपाल कानुन व्यवसायी परिषद् कानुन व्यवसायीको अनुगमन र नियमनकारी संस्था हो । परिषद्को ऐनले प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताबाट ७ प्रदेशबाट १–१ पार्षद्को चयन गर्नुपर्ने व्यवस्था गरेको छ । महान्यायाधीवक्ताको अध्यक्षतामा रहने परिषद्को उपाध्यक्षमा नेपाल बार एसोसियसनको अध्यक्ष, सर्वाेच्च अदालतको रजिस्ट्रार, त्रिभुवन विश्वविद्यालयको डिनसहित ७ प्रदेशबाट पार्षद चयन हुने व्यवस्था छ ।