पाेखरा । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं लगिएकाे छ ।
पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर विस्फोट भएपछि उनीहरू घाइते भएका थिए ।
लगत्तै उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएकाे हो । ‘हेलिकप्टरबाट काठमाडौं पठाइएको छ,’ कास्की जिल्ला प्रहरी कार्यालयका एसपी श्याम बाबु ओलियाले जानकारी दिए ।
पौडेल र आचार्य दुवैलाई कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको उनले जानकारी दिए ।
अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको भाग जलेको थियो ।