कास्की । रूपा वाङ्मय प्रतिष्ठानले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजना गरेको विद्यालयस्तरीय खुला कविता प्रतियोगितामा तथा विविध साहित्यिक, साँस्कृतिक कार्यक्रममा डायमण्ड मा.वि. कि छात्रा सृष्टि लामिछनेको परिवर्तन कविता प्रथम भएकी छन् । त्यस्तैगरी सैनिक आवासीय महाविद्यालयका उमङ्ग कुँवरको म यसरी फुल्दैछु द्वित्तीय, त्रिभुवन शान्ति मा.वि. कि सुजता सापकोटाको आमाको महिमा तृतीय र सैनिक आवासीय महाविद्यालयकी कृतिका रानाभाटको नारी तिमी हौ र रुपाज्योती मा.वि. कि ममता सुवेदीको नारी अब उठौँ कविताले सान्त्वना स्थान हाँसिल गरेका छन् ।
उक्त कार्यक्रमको निर्णायकमा सञ्जीव पौडेल, सुरज उपाध्याय र रेशम गिरी रहनु भएको थियो । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाइ क्रमश : ४०००, ३०००, २००० र १००० नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक सुजन गौतम भुजुले जानकारी दिनुभयो ।
कार्यक्रमकाे उद्घाटन गर्दै रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले गाउँपालिकाको साहित्य, कला तथा संगितको बिकासका लागि यस्ता कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयाे । रूपा वाङ्मय प्रतिष्ठानको बिकासका लागि गाउँपालिका सधै सकारात्मक रहेको उहाकाे भनाइ थियाे ।
रूपा वाङ्गमय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलले वाङ्गमय प्रतिष्ठानको पहिलो कार्यक्रम हर्षउल्लासका साथ सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सबै सहभागीहरूलाई आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा झलक गुरुङ, नविना सुवेदी, पार्थराज सुवेदी, सुजन रानाभाट, विश्वास साधक, विवेक अधिकारी, शर्मिला बसौला, सुजन गौतम भुजु र विना ढुङ्गानाले आफ्नो प्रस्तुती राख्नुभएको थियो भने बलभद्र कुमाल, बिमल बाबू न्यौपाने, डा. निरन्जन कोइराला, राजन सुवेदी र दिपेन्द्र गौतमले बोल्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव मदन घिमिरेले गर्नुभएको थियो ।