नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य पगेनीलाई रुपा रत्न सम्मान

0
34

पाेखरा ।  नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य   अधिवक्ता  सरिता तिम्सिना पगेनी  रुपा रत्न सम्मानबाट सम्मानित हुनुभएको छ।  मंगलबार कास्कीको रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा  पत्रकार पगेनीलाई दाेसल्ला र ताम्रापत्रसहित रुपा रत्न सम्मान २०८१ बाट सम्मानित गरेको हो ।

पत्रकारिता मार्फत रूपा र राष्ट्रलाई दिएकाे महत्वपूर्ण योगदान स्वरूप पगेनीलाई  सम्मान गरिएकाे रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिनुभयाे ।

 

रुपा रत्न सम्मान २०८१ बाट सम्मानित   पगेनी नेपाल पत्रकार महासंघकाे निर्वतमान केन्द्रीय सदस्य एवम् कानुन बिभाग प्रमुख समेत हुनुहुन्छ ।