रुपामा कृषिलाई प्राथमिकतामा राख्दै स्वास्थ्य, पूर्वाधार, शिक्षा र भौतिक पूर्वाधारमा महत्वका साथ बजेट बिनियोजन

0
4
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 38;

 

 

रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्वा गुरुङले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गदैँ पुजिगत तर्फ १५ करोड २० लाख ५७ हजार र चालु तर्फ ३३ करोड ३४ लाख ४८ हजार खर्चको अनुमान सहितकाे बजेट सभामा पेस गर्नुभयाे ।

आगामी आर्थिक वर्षका लागि पेस भएको खर्चमा नेपाल सरकारबाट प्राप्त हुने समानिकरण अनुदान ७ कारोड ६५ लाख राजश्व बाडफाडबाट प्राप्त हुने ७ करोड ३२ लाख ससर्त अनुदान १८ करोड ७२ लाख समपुरक अनुदान ५ करोड ७७ लाख र विशेष अनुदान १ करोड ६५ लाख रहेको छ ।

यस्तै गण्डकी प्रदेश सरकारबाट विशेष अनुदान ४० लाख रहेको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयाे ।बजेटमा अपुग रकम ५ करोड ५३ लाख १४ हजार मध्य चालु वर्षको अल्याबाट ३ करोड ८९ लाख १४ हजार र आन्तरिक स्रोतबाट १ करोड ६४ लाख व्यहोरिने अनुमान गरिएको छ ।

 

रुपाले कृषिलाई प्राथमिकतामा राख्दै स्वास्थ्य, पूर्वाधार, शिक्षा र भौतिक पूर्वाधारमा महत्वका साथ बजेट बिनियोजन गरेको छ ।

कृषि कार्यक्रम तर्फ मिहेनती कृषकको हातः गाउँपालिकाको साथको नारा दिएको छ । घुम्ती कृषि उपज हाटबजार सञ्चालन जस्ता कार्यक्रम संचालनको लागि आर्थिक बिकासको कृषि क्षेत्र तर्फ रकम रु २ करोड ९७ लाख बिनियोजन गरिएको छ । लसुन प्याज वेसार टिमुर हलेदो लगायतका मसलाजन्यबाली लगाउन प्रोत्साहन गर्नुका साथै उत्पादनमा आधारित न्युनतम अनुदान व्यवस्थापनको लागि रकम ८५ लाख विनियोजन गरिएको छ ।

 

सामाजिक बिकास तर्फ रकम रु २१ करोड २३ लाख १० हजार बिनियोजन गरेको छु । ‘’छोरी काखामाः बचत खातामा” नाराका साथ रूपाकी छोरी कार्यक्रमको समेत प्रारम्भ गर्नको लागि ५ लाख बिनियोजन गरेको छु । पुर्वाधार क्षेत्रतर्फ रुकम रु १० करोड ८९ लाख बिनियोजन गरिएको छ ।

गाउँपालिकाको पूर्वाधार विकास अन्तर्गत ३ करोड ९७ लाख ४७ हजार विनियोजन गरिएको उपाध्यक्ष गुरुङले बताउनुभयाे ।यश अधि गाउँपालिका अध्यक्ष नवराज ओझाले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे थियाे ।