कास्कीको काँहुखाेला सिक्लेस सडकमा राति सवारी सञ्चालनमा राेक

0
171

कास्की ।    आजदेखि कास्कीकाे काँहुखाेला सिक्लेस सडकमा रातिको समयमा सवारी साधन संचालनमा  राेक लगाईएकाे छ।

मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारी  रुद्रादेवी शर्माकाे अध्यक्षतामा बसेकाे जिल्ला सुरक्षा समिति कास्कीको बैठकले  साे निर्णय  गरेकाे कास्कीका  सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयाे।

निर्णय अनुसार गाडी चलाउन रोकिएको अवधिसम्म अत्यावश्यकबाहेकका सबै गाडीलाई रोकिनेछ ।

यस वर्षको मनसुन सक्रिय अवस्थामा रहेकोले वर्षातको समयमा सुरक्षा संयमता अपनाउन र बाढी, पहिरोको कारणबाट यात्रु तथा सवारी साधनहरुमा हुनसक्ने सम्भाव्य क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन  बुधबार  देखि लागू हुने गरी  ७  दिनकाे लागि      काँहुखोला देखि सिक्लेस  जाने सवारी साधनहरु साँझ ५ बजेभित्र प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुटिसक्नुपर्ने  र सिक्लेस   देखि काँहुखोला जाने सवारी साधनहरु बिहान ५:०० बजेपछि प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुट्न पाउने  व्यवस्था गरिएकाे    कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले  पाेखरा पाेष्टलाई जानकारी दिनुभयो   ।

विरेठाँटी देखि घान्द्रुक, विरेठाँटी देखि उल्लेरी र लुम्ले देखि लान्द्रुक जाने सवारी साधनहरु साँझ ५:०० बजेभित्र प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुटिसक्नुपर्ने र  घान्द्रुक देखि विरेठाँटी, उल्लेरी देखि विरेठाँटी र लान्द्रुक देखि लुम्ले जाने सवारी साधनहरु बिहान ५:०० बजेपछि प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुट्न पाउने  यस अघि नै गरिएकाे व्यवस्थालाइ निरन्तरता दिइएकाे     जिल्ला प्रशासन कार्यलय कास्कीले मंगलबार जारी गरेकाे सुचनामा जनाइएकाे छ ।