पोखरा । ३४ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा लायन्स क्लब अफ कुमुद पोखराले अपांगता भएका ब्यत्तिहरुलाइ न्यानो कपडा र खाद्यान्न बितरण गरेको छ।
कायक्रममा प्रमुख अतिथि डिस्ट्रिक चिफ एडभाइजर लायन दुर्गा ढकाल, अपांग महासंघ गण्डकी प्रदेशका अध्यक्ष हेम बहादुर गुरुङ, पाेखरा महानगरपािलका अपांगता संजालका अध्यक्ष गंगा बहादुर खड्का, सृजनशिल अपांग समाजका अध्यक्ष फणीन्द्र प्रसाद पौडेल, सृजनशिल स्वावलम्बन कृषि सहकारीका अध्यक्ष जगन्नाथ सुवेदी लागायतले न्यानो कपडा बितरण गर्नुभएको थियो। कार्यक्रममा बोल्दै नागरिक, अपाङ्गता, गरिब तथा विपन्न नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख अतिथि डिस्ट्रिक चिफ एडभाइजर लायन दुर्गा ढकाल ढकालले अपांगता भएका ब्यक्तिहरुलाइ सबैले सहयाेग हौसला र उत्प्रेरणा दिनुपर्ने बताउनुभयाे ।
अपांग महासंघ गण्डकी प्रदेशका अध्यक्ष हेम बहादुर गुरुङले अपाङ्गता भएका ब्यक्तिहरुलाई मूलधारमा ल्याउनका लागि कानुनी हिसावले वा अन्य कुनै कार्यक्रमको माध्यमबाट सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
पाेखरा महानगरपािलका अपांगता संजालका अध्यक्ष गंगा बहादुर खड्काले अपाङ्गता मैत्री व्यवहार र पूर्वाधार निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता बनेको बताउनुभयाे ।
सृजनशिल अपांग समाजका अध्यक्ष फणीन्द्र प्रसाद पौडेलले राज्यले अझै पनि अपाङ्गता भएका व्यक्तिहरूका समस्याकाे उचित संबाेधन गर्न नसकेको बताउनुभयाे ।
सृजनशिल स्वावलम्बन कृषि सहकारीका अध्यक्ष जगन्नाथ सुवेदीले अपाङ्गता भएकाको सामाजिक सुरक्षाको अवस्था कमजोर रहेकाे बताउनुभयाे।
लायन्स क्लब अफ कुमुद पोखराका अध्यक्ष टाेपमाया कार्की सुस्माकाे अध्यक्षतामा भएको कार्यक्रममा पाेखरा -३ लगायत विभिन्न ठाउँका अपांगता भएका २५ जनालाई न्यानाे कपडा तथा खाद्यान्न वितरण गरिएको अपांगता अधिकारकर्मी लायन संगीता कुवँरले जानकारी दिनुभयाे।
