राष्ट्रपति भण्डारीद्वारा तिहारको शुभकामना

0
521
/fi6«klt e08f/L–:jb]zdf ldq/fi6« stf/sf] rf/lbg] cf}krfl/s e|d0f ;s]/ :jb]z kms{g] qmddf laxLaf/ ;fFem lqe'jg cGt/f{li6«o ljdfg:yndf /fi6«klt ljBfb]jL e08f/L . t:jL/ M /Tg >]i7, /f;;

राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार–२०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालीबीच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्वका साथ देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको महाअभियानमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको हो ।

उहाँले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र ममतालाई अझ प्रगाढ बनाउन मद्दत गर्ने उल्लेख गर्नुभएको छ ।

तिहार पर्वमा प्रत्येक नेपालीको घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने गरिन्छ ।