पोखराका होटल, रेस्टुरेन्ट, डान्स बारहरुमा बालबालिका

0
1101

पोखरामा १८ वर्ष भन्दा कम उमेर समूहका बालबालिकाहरु विभिन्न बहानामा रेष्टुरेन्ट डिस्को, दोहोरी साँझ एवं डान्स बारहरुमा प्रवेश गरी मादक पदार्थ, चुरोट हुक्का सेबन गर्ने गरेको पाइएको छ । अनुगमनको क्रममा १८ वर्ष भन्दा कम उमेर समूहका करिब २० जना बालबालिकाहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । नियन्त्रणमा लिईएका मध्ये ५ जना बालिकाहरु छन् । उनीहरुलाई सम्झाइ बुझाई  अभिभावको जिम्मा लगाई पठाइएको जिल्ला प्रहरी कार्यलय कास्कीका  प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शुक्रबार राती पोखरा नगर क्षेत्र र विशेष गरी लेकसाइड क्षेत्रमा रहेका विभिन्न होटल, रेष्टुरेण्ट, डिस्को दोहोरी साँझ एवं डान्स बारहरुमा गई अनुगमन गरेको थियो ।