मोटरसाइकल दुर्घटना हुँदा हेम्जाका १८ बर्षिय आशिष कुँवरको मृत्यु

0
661

पोखरा २५ हेम्जा मिलनचोकमा मोटरसाइकल दुर्घटना हुँदा  मोटरसाइकल चालक पोखरा–२५ हेम्जाका १८ बर्षिय आशिष कुँवरको मृत्यु भएको   छ । दुर्घटनामा परि घाइते भएका मोटरसाइकलमा सवार अर्का एक युवक १९ बर्षिय प्रविण पुनको फिस्टेल अस्पताल पोखरामा उपचार भइरहेको छ ।।

स्काभेटरसँग मोटरसाईकल ठक्कर खाँदा गम्भिर घाइते भएका कुँवरलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।

 पोखरातर्फ आउँदै गरेको ग १४ प ८१५१ नम्बरको मोटरसाइकल सडकको छेउमा रोकी राखेको ना १ ख ७१६४ नम्बरको स्काभेटरमा ठक्कर खाँदा दुर्घटना भएको हो । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।