चितवनको चुम्लिङटारबाट त्रिशुली नदिमा बस खस्दा पाँच जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।काठमाडौंबाट पोखरा जांदै गरेको ना ६ ख २५०६ नम्बरको बस इच्छाकामना गाँउपालिका ३ चुक्लिङटारबाट त्रिशुली नदिमा खसेको हो । मृत्यु हुनेमा ३ जना पुरुष र २ जना महिला रहेका छन् ।
घाइतेको उपचारका लागि भरतपुर ल्याइएको चितवनका प्रहरी प्रमुख शुशिलसिंह राठौरले जानकारी दिनुभयो । घाइते एक बच्चासहित अन्य केहीको अवस्था गम्भिर रहेको उहाँले बताउनुभयो । दुर्घटनामा परेका सबैको उद्धार गरिसकिएको राठौरले जानकारी दिनुभयो । बस सडकबाट एकसय मिटर तल त्रिशुलीमा खसेको हो ।सडक छेउमा धोएर निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाँदा बस त्रिशुलीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घाइतेको उपचारका लागि भरतपुर ल्याइएको चितवनका प्रहरी प्रमुख शुशिलसिंह राठौरले जानकारी दिनुभयो । घाइते एक बच्चासहित अन्य केहीको अवस्था गम्भिर रहेको उहाँले बताउनुभयो । दुर्घटनामा परेका सबैको उद्धार गरिसकिएको राठौरले जानकारी दिनुभयो । बस सडकबाट एकसय मिटर तल त्रिशुलीमा खसेको हो ।