व्युटिपार्लर एशोसियसन कास्कीको प्रथम वार्षिक साधारण सभा तथा अधिबेशनले कल्पना कोईरालाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्ष, सचिब, कोषाध्यक्ष ,र सह सचिबमा सुनिता अधिकारी ,बबिता काक्री,सुस्मा गुरुङ्ग, र सोनी तामाङ्ग चयन भए । त्यसैगरि सदस्यहरुमा क्रमशः छाया ढकाल,सृजना शेन शाही,सबि श्रेष्ठ,,एनी गरबुजा,रत्न श्रेष्ठ,र सर्मिला रानाभाट चयन भए ।
साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि वरिष्ठ व्युटिसियन चन्द्रा प्रधानले महिलाह्ररु व्युटीपार्लर व्यवसायबाट आर्थिक उन्नती गरेको बताउनुभयो । कार्यक्रममा सौन्दर्यविद् तथा संस्थाका अभिभावक चिनु गुरुडले संस्थाले पेशागत हकहितका लागि वकालत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुको आर्थिक समृद्धिमा पेशाले महत्वपुर्ण स्थान लिएको दाबी गर्नुभयो ।

