देउवा र पौडेलबाट पोखराका अग्रज पत्रकार गुरुङको घरमै पुगि स्वास्थ अबस्था बारे जानकारी

0
1387

पोखरा । नेपाली कांग्रेसका सभापति एबं पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवाले पोखराका अग्रज पत्रकार राज बहादुर गुरुङको स्वास्थ्य अबस्था बारे जानकारी लिनुभएको छ । शनिबार विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आएका देउवाले गुरुङको निवास पुगि स्वास्थ बारे जानकारी लिनुभएको हो । बिगत केही समयदेखि मृगौलाको समस्या का कारण उपचारत गुरुङको मृगौला परिवर्तन बारे चासो लिंदै देउवाले गुरुङलाई धैर्य गरेर अघि बढ्न र आफु र पार्टीको तर्फबाट सहयोग रहने बिश्वास समेत  दिलाए ।

यसैगरी नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पत्रकार राज बहादुर गुरुङको स्वास्थ अबस्थाका बारे जानकारी लिनुभएको छ ।पौडेलले पनि पार्टीको तर्फबाट सहयोग रहने  प्रतिबद्धता जाहेर गरेको प्रेस युनियनका अध्यक्ष शिरोमणी बरालले जानकारी दिएका छन । यस अघि नेपाल सरकारका प्रबक्ता एबं सुचना तथा प्रबिधि मन्त्री गोकुल बांस्कोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना , राष्ट्रपति बिधा भण्डारी समेतबाट गुरुङको स्वास्थ बारे चासो लिनुभएको पत्रकार महासंघ कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीमा विभिन्न पदमा रहि ५ कार्यकाल बिताएका राज बहादुर गुरुङ हाल महासंघको केन्द्रीय सभासद हुनुहुन्छ । त्यसैगरी नेपाल प्रेस युनियनको पार्षद तथा नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ ।