रेलिगेसन बिनाकाे ‘बी’ डिभिजन लिग आजबाट

0
932

सहिद स्मारक बी डिभिजन लिग आज सुरु हुदैछ । अखिल नेपाल फुटबल संघ एन्फाले बी डिभिजन लिगलाई समेत बिना रेलिगेसन सञ्चालन गर्न लागेको हो ।

एन्फाले ए डिभिजन लिगलाई समेत रेलिगेसन बिनै सञ्चालन गरेकाे थियाे ।

पहिलो दिन दुई खेल हुनेछ । उद्घाटन दिउँसो १२ बजे हुनेछ । प्रतियोगिताका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

पहिलो खेलमा झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्राे खेलमा टुसाल युथ क्लब र श्री भगवती भिड्नेछन् । खेल दिउँसो साँढे ३ बजे हुनेछ ।
फागुन २१ गते सम्म संचालन हुने प्रतियोगितामा १२ टोली छन् । सहभागि टिमलाई दुई समुहमा विभाजन गरिएको छ ।

समुहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । शीर्ष ४ टोलीबीच सुपर लिगका आधारमा विजेता र उपविजेताको छनोट गरिनेछ ।

एन्फाले यस पटक बी डिभिजन क्लबलाई तयारी स्वरुप ७ लाख दिएको थियो ।

दुबै समुहका अन्तिम रहने एक टिमले अर्को सिजन एक अंक गुमाएर खेल्न पर्नेछ । त्यसका साथै दुवै टोलीको तयारी रकमबाट ५० हजार काटिने छ ।

समूह ’ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नया बस्ती युवा क्लब र ब्वाईज् युनियन क्लब रहेका छन् ।

यस्तै समुह ’बी’ मा टुसाल, पुल्चोक, मध्यपुर युथ एसोसिएसन, खुमलटार युवा क्लब र श्री भगवती क्लब रहेका छन् ।