प्रदेशले अधिकार पाएनः मुख्यमन्त्री पौडेल, बढी भ्रष्टाचार हुने जिल्लामा बारा, पर्सा र मकवानपुर

0
766

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले अधिकार नभएको बताउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले आज हेटौँडामा आयोष्को २८ औ स्थापना दिवसको आयोजित कार्यक्रममा उहाँले संघीय सरकारबाट प्रदेश सरकारले अधिकार नपाएको बताउनु भएको हो । उहाँले प्रदेश सरकारले एक वर्षको अवधिमा जनताले अनुभुती गर्न सक्ने काम गर्न नसकेको बताउँदै मुलुकमा जताततै भ्रष्टाचार रहेको बताउनु भयो । मुख्यमन्त्री छु भ्रष्टाचार छ भनु कसरी नभनु भने यत्रतत्र सर्वत्र भ्रष्टाचार छ मुख्यमन्त्री पौडेलले भन्नुभयो, भ्रष्टाचारको जालो तोड्न सहज छैन । भ्रष्टाचार भाषण गरेर नघट्ने भएकोले आफैबाट भ्रष्टाचार अन्त्यको काम सुरु गर्न आग्रह गर्नुभयो । उहाँले साधनश्रोत र ऐन कानुनको अभाबमा धेरै काम गरिरहेको जिकिर गर्नुभयो । कार्यक्रममा तीन नंम्बर प्रदेशका प्रमुख सचिव आनन्दराज ढकालले भ्रष्टाचारका बिरुद्धमा प्रदेश सरकारले रणनीति तयार गरेको बताउनुभयो । अख्तियारलाई हरेक क्षेत्रबाट काममा सहयोग गरेमा सुशासन कायम हुने उहाँले बताउनुभयो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख हुमकला पाण्डे एक बर्षको अबधिमा ११ वटा भ्रष्टाचारका स्ट्रिङ अप्रेशनमा १५ जनालाई पक्राउ गरेर मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति बाराका प्रमुख नबलकिशोर सिंह, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, अख्तियारका उपसचिब देबकुमार राई, भ्रष्टाचार बिरुद्धको अभियन्ता भीमबहादुर श्रेष्ठलगायतकाले भ्रष्टाचारको स्वरुप फेरिएको बताउनुभयो । कार्यक्रममा सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाहरुमा बारा, पर्सा र मकवानपुर रहेको जानकारी गराइएको थियो । तीनवटै जिल्लाका स्थानीय तहहरुमा भ्रष्टाचार र अनियमितता भएको भन्दै अख्तियारको कार्यालयमा उजुरी परेका छन् ।