मलेशियाका लागि नेपाली राजदूत नियुक्त

0
519

 

काठमाडौँ, १ फागुन (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले मलेशियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डेलाई नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले पाण्डेलाई आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।