दीपेन्द्र बस्नेत
महेन्द्रनगर,प्रेसलाई कुण्ठित पार्ने किसिमकाे विधेयक नेपाली काँग्रेसलाई मान्ने नहुने पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले बताए ।
नेपाल प्रेस युनियन कञ्चनपुरकाे पाचाैँ जिल्ला अधिवेशनलाई शुक्रबार सम्बाेधन गर्दै देउवाले प्रजातन्त्रमा विश्वास गर्ने एकमात्र पार्टी नेपाली काँग्रेस रहेकाले प्रेसकाे बिराेध नेपाली काँग्रेसले कहिल्यै नगरेकाे समेत बताए । अधिवेशनकाे सफलता र नव निर्वाचित प्रेस युनियनका पदाधिकारीलाई अग्रिम शुभकामना समेत प्रकट गरे ।
त्यसै गरि नेपाली काँग्रेसका केन्द्रिय सदस्य नेता एन पी साउँदले कार्यक्रमलाई सम्बाेधन गर्दै वर्तमान सरकार जनताकाे सुचनाकाे हकलाई कुण्ठित गर्न खाेजेकाे बताए । प्रेस तानाशाहिका बिरूद्ध लड्ने एक सशक्त माध्यम हाे । त्यसैले प्रेसकाे सम्मान गर्न सबैले मिलेर साथ सहयाेग गर्नु पर्ने बताए। बेकाम सरकारका बिरूद्ध पत्रकारहरू लाग्नु पर्ने समेत बताएका थिए।
अापराधिक गतिबिधिमा सँलग्नलाई सँरक्षण गर्ने सरकारलाई लाेकतान्त्रिक मान्न नमिल्ने अर्का नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं नेता रमेश लेखकले बताएका छन। देशमा शान्ति सुरक्षा एवम विकास मुलक काम गर्न नसकेकाले वर्तमान सरकारकाे कुनै अाैचित्य नरहेकाे दाबी गर्नु भयाे। देशकाे राजनैतिक चरित्रकाे निश्पक्ष मापन गर्ने एकमात्र माध्यम पत्रकारिता रहेकाले यसलाई सबैले सम्मान पुर्वक हेर्नू पर्ने बताए ।
Home ब्रेकिङ्ग न्युज प्रेसलाई कुण्ठित पार्ने बिधेयक काँग्रेसलाई मान्ने हुनेछैन: काँग्रेस सभापति देउवा
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.