पूर्ववडामहारानी रत्न शाह बिरामी भएकी छिन् । उनलाई निरन्तर सुख्खा खोकी लाग्ने ,पातलो दिशा हुने र पिसाब कम हुने समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
उनको उपचारमा नर्भिक अस्पतालका डा खगेन्द्रबहादुर श्रेष्ठ, डा मृगेन्द्रराज पाण्डे, डा मधु घिमिरे र डा ब्रजेन्द्रश्री बास्तव खटिएका छन् ।
रत्नका छोरा बुहारी पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाह तराई भ्रमणमा रहेका छन् ।