वर्तमान सरकार असफल–कमल थापा

0
663

टीकापुर, फागुन २६ राप्रपा अध्यक्ष कमल थापाले वर्तमान सरकार विगतका असफल सरकारकै हैसियतमा पुगिसकेको बताएका छन ।

मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा टीकापुर पुगेका थापाले मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन । उनले प्रधानमन्त्री केपी ओली सरकार सञ्चालनको कुशल ड्राइभर भएपनि व्यवस्थाका कारण सरकार असफल भएको बताए । उनले विगत १२ वर्षको राजनीतिक व्यवस्थालाई पुर्नविचार गर्ने बेला भएको बताउँदै परिवर्तनकारी र परम्परावादी शक्तिका बीचको लोकतन्त्र उपयुक्त व्यवस्था हुने बताए ।

उनले पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र जनतासँग सम्बन्ध विस्तार गरे राजतन्त्र पुर्नस्थापना हुन सक्ने दावी गरे । उनले यात्राका क्रममा राजतन्त्र प्रति जनताको विश्वास बढ्दै गएको महशुस भएको बताउँदै राजा सहितको लोकतन्त्रका पक्षमा जनता देखिएको दावी गरे । उनले सबै धर्मावलम्बीहरुलाई सम्मान हुने गरी धार्मिक समानताको हिन्दु राष्ट्र हुनुपर्ने पक्षमा आफ्नो पार्टीको मुख्य एजेण्डा रहेको बताउँदै हिन्दु राष्ट्र भए मात्रै सबै धर्मको रक्षा हुने बताए । उनले हिन्दु राष्ट्र हुनु भनेको अरु धर्मलाई थिचोमिचो गर्ने नाममा नबुझ्न आग्रह गरे । उनले आफ्नो पार्टीलाई केवल हिन्दु धर्म र राजतन्त्रसँग मात्रै नजोड्न आग्रह गरे । ताप्लेजुङबाट फागुन १५ गतेदेखी सुरु भएको यात्रा काठमाण्डौंमा समापन हुनेछ ।