सार्वजनिक बिदाको दिन पास नलिई सवारी चलाउने चालक कारबाहीमा

0
729

काठमाडौँ,  ट्राफिक प्रहरीले सार्वजनिक बिदाको दिन विनापास सरकारी तथा संस्थानका सवारी साधन चलाउने २९ चालकलाई काराबाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले आज विनापास सरकारी तथा संस्थानको सवारी चलाउने उक्त चालकलाई कारवाही गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले सार्वजनिक बिदाको दिन पास नलिई सवारी चलाउने चालकलाई कारबाही गरेको बताउनुभयो । महाशाखाले फागुन २४ गते पनि १७ सरकारी तथा संस्थानको सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको थियो ।

महाशाखाले सार्वजनिक बिदाका दिनमा सरकारी तथा संस्थानका सवारी साधनलाई पास लिएर चलाउन आग्रहसमेत गरेको छ ।
–––