युवालाई व्यवसायिक पशुपालनमा आकर्षित गर्न ३५ दिने ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम

0
953
 
 
युवालाई व्यवसायिक पशुपालनमा आकर्षित गर्ने र पशु स्वास्थ्यको बारेमा जानकारी दिने लक्ष्य सहित पोखराको आर्वामा ३५ दिने ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम सञ्चलान भइरहेको छ । त्यसै तालिम अन्तर्गत पोखरा महानगरपालिका वडा नं.३३ मा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नं. ३३ मा सञ्चालन भएको उक्त शिविर बाघमारा र भरतपोखरी गरी दुई स्थानमा सञ्चालन गरिएको थियो । स्थानीय वासीले ३०७ पशुहरुको निःशूल्क उपचार गराएका छन् जसमा ७ गाई, ४४ भैसी, २२१ बाख्रा, १९ कुकुर, ११ खसी थिए ।
परिवर्तनका लागि सहयोग भन्ने मूल नाराका साथ पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाको आयोजना र पोखरा महानगरपालिका वडा नं. ३३ को सहयोगमा उक्त शिविर सम्पन्न भएको हो । उक्त शिविर कार्यक्रम पोखरा महानगरपालिका वडा नं. ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्यको सभाध्यक्ष सञ्चालन भएको थियो । वडा अध्यक्ष शिव प्रसाद आचार्यले उक्त कार्यक्रम सफलपूर्वक सम्पन्न बनाउन जनप्रतिनिधिहरुको साथ र सहयोग सधै रहने बताए । कार्यक्रममा वडा सदस्य दिपक लामिछाने, पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाका कार्यकारी निर्देशक डा. विदुर पाख्रीन, डा. निरन अधिकारी, डा. स्वेता घिमिरे, कार्यसमितिका सदस्य भरत अधिकारी उपस्थित भई सेवा प्रदान गरेका थिए ।
पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाका कार्यकारी निर्देशक डा. विदुर पाख्रीनले ३५ दिने ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम सञ्चलानले धेरै स्थानीय समुदायका किसानहरुलाई फाइदा पुगेको र यस्ता निःशूल्क पशु स्वास्थ्य शिविरले आफूहरुलाई धेरै सजिलो भएको स्थानीय सेवा ग्राहीले बताएका छन् ।
पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाका तालिम संयोजक भरत पोखे्रलले वर्षमा ४ पटक सम्म ३÷३ महिनाको अन्तरमा पशुहरुलाई परीक्षण गरी औषधी खुवाइएमा उक्त स्वस्थ हुने कुरा बताए ।
उक्त शिविर ३५ दिने ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिमका सहभागिहरुले समेत सहयोग गरेका थिए ।